ghar sansar

खल्ला मुसेट्टी पुगेर एमाले उम्मेदवार पालले भनिन्– हामी काम गर्छौ, जनतालाई १८ वर्षसम्म झुटा आश्वासन दिने काम भने गर्दैनौ

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार निरुदेवी पालले आफूहरुलाई जनतालाई झुटा आश्वासन नदिने बताएकी छन् ।

भीमदत्त नगरपालिका ९ खल्ला टुँडीखेलमा गरिएको चुनावी सभामा उनले १८ वर्षसम्म सत्तामा बसेर केही गर्न नसकेर फेरि झुटा आश्वासन दिएर भोट माग्ने थालिएकाले सबैले सचेत हुनु पर्ने बताइन् ।

‘हामीले पाँच वर्षमा काम गरी देखाएका छौ, यो ठाउँ कस्तो थियो, कस्तो भएको छ, अहिले चुनावमा बेला यो गर्छु त्यो गर्छु भनेर हुँदैन, १८ वर्षसम्म के गरियो’ उनले भनिन्,‘हामी त्यसरी ठूला गफ गर्ने होइन, त्यस्ता गफ पनि गर्दैनौ, पाँच वर्षपछि यस क्षेत्रमा चिल्ला सडक बनाउँछौ, त्यसका लागि एमालेलाई फेरि जिताउन आवश्यक छ ।’

dirghayi clinic

भीमदत्तको दुर्गम भनेर चिनिने खल्ला मुुसेट्टीमा पाँच वर्षमा विद्युत लाइन, टेलिफोन टावर, खानेपानी लगायतका विकास निर्माण कार्य गरिएको उनले बताइन् ।

‘पहिला मोबाइल चल्दैन्थ्योे, अहिले चल्छ, पाँच वर्षपछि चिल्ला सडक बनाउँछौ’ उनले भनिन्,अहिले भ्रम छर्नेलाई सोध्नु के गरेका छौ भनेर सोध्नु जरुरी छ ।’

महाकाली नदी किनारमा वर्षौदेखि बस्दै आएका वासिन्दाको सुरक्षाका लागि सशस्त्र प्रहरी पोष्ट राखिएको र ब्रह्मदेबमा नेपाली भूमिमा व्यापार गर्न रोक्दा समेत विरोध गरिएको उनको भनाई छ ।

एमाले नेतृत्वको सरकारले सुरु गरेको भूमिहिन परिवारलाई जग्गाधनी पूर्जा वितरण कार्य सरकार ढलेपछि रोकिएको उम्मेदवार पालले बताइन् । उनले सरकार बनेपछि जग्गाधनी पूर्जा वितरण कार्यलाई पहिलो प्राथमिकता दिएर जाने बताइन् ।

Himal dental
सम्बन्धित
Loading...