ghar sansar

खल्ला मुसेट्टी पुगेर भीमदत्तका निवर्तमान मेयर विष्टले भने– मत दिएर जिताउनु होस, काम गराउने जिम्मा म लिन्छु, जमानी बस्छु

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका निवर्तमान सुरेन्द्र विष्ट चुनावी प्रचारमा खल्ला मुसेट्टी पुगेका छन् । उनले टुँडिखेलमा गरिएको चुनावी कार्यक्रममा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल र प्रदेश सभा सदस्यका उम्मेदवार धर्मराज जोशीका लागि मत मागेका छन् ।

एमाले कञ्चनपुरका जिल्ला अध्यक्ष विष्ट कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ ख बाट प्रदेश सभा सदस्यका उम्मेदवार छन् । उनले खल्ला भीमदत्त र दोधारा चाँदनी नगरपालिका दुबैलाई समृद्ध बनाउने लक्ष्य लिएर आफू प्रदेश सभा सदस्य उम्मेदवार भएको बताए ।

,orning glory badhai

‘म अहिले प्रदेश सभा ख मा उम्मेदवार छु, त्यहाँ भीमदत्तका ७ र दोधारा चाँदनीका १० वडा छन्, यो क्षेत्रमा भीमदत्तका १२ र बेदकोटको एक वडा छन्,’ उनले भने,‘प्रदेश सभामा गएपछि यस यी दुबै क्षेत्रलाई समृद्ध बनाउने आधार छन्, त्यसका लागि जिताउन जरुरी छ ।’

पाँच वर्ष अघिको स्थानीय तह निर्वाचनमा गरिएका वाचा अनुसार काम गरिएका उल्लेख गर्दै उनले यस पटक प्रतिवद्धता पूरा गर्न आफू जमानी बस्ने बताए ।

dirghayi clinic

‘पाँच वर्ष अघि जसरी विश्वास गरी जिताउनु भयो, यस पटक पनि त्यो विश्वास पाउनेमा ढुक्क छु’ उनले भने,‘वहाँहरुले पाँच वर्षमा गर्ने कामका लागि म जमानी बस्छु, जिम्मा लिन्छु ।’

खल्ला मुसेट्टीका भोटले वर्षौदेखि चुनाव जिते पनि जनताका लागि केही नगरिएको उल्लेख गर्दै उनले २०७४ को स्थानीय तह निर्वाचनमा भोट पाएर परिवर्तन गरिएको बताए ।

‘२०७४ मा तपाइहरुको विश्वास पायौ, परिवर्तन गर्ने मौका पायौ, हिँडेर आएका थियौ, अहिले गाडी लिएर आएका छौ’ उनले भने,‘यहाँ दोधारा चाँदनीबाट पनि नेताज्यूहरु आउनु भाको छ, बेल बहादुर राना मामालाई रैबार पुगाई दिनु होला खल्ला मुसेट्टीमा के भाको रहेछ भनेर ।’

कार्यक्रममा उनले आफूले झुटको कुरा गरेको भए प्रतिकार गर्न आग्रह गरे । ‘यहाँ घुम्ती क्लिनिक थियो, आज स्वास्थ्य चौकी बनेको छ, जनताले सेवा पाएका छन्, यही होइन त परिवर्तन’ उनले भने,‘झुट कुरा गरेको छु भने हात उठाएर भन्नु होला म जवाफ दिन्छु ।’

भीमदत्तको पाँच वर्षे कार्यकालमा विष्टले खल्ला मुसेट्टीमा शिक्षा, स्वास्थ्य, सडक, विद्युत, टेलिफोन, यातायात लगायतका क्षेत्रका काम गरेका छन् । उनको कार्यकालमा मुसेट्टीको साइलेन्ट रिभरसम्म गाडी पुगेको थियो ।

Himal dental
सम्बन्धित
Loading...