ghar sansar

भीमदत्तलाई रोयल्टी नतिर्ने ठेकेदारसित बेल बहादुर बैठक बसेको भन्दै एमाले नेता अवस्थीले मागे जवाफ, भने– रोयल्टी नतिर्ने व्यवसायीसंग कार्तिक २३ गते राति किन र केका लागि मिटिङ्ग बसेको हो, स्पष्ट पार

dirghayu ad

महेन्द्रनगर । एमाले नेता विष्णु अवस्थीले भीमदत्त नगरपालिकालाई रोयल्टी रकम तिर्न आनाकानी गर्दै आएका ठेकेदार प्रेम कुमार श्रेष्ठसित सत्ता गठबन्धनका उम्मेदवार बैठक बसेकोबारे जवाफ मागेका छन् । सत्ता गठबन्धनका उम्मेदवार बुधबार राति काँग्रेसका नेता सहित ठेकेदार श्रेष्ठको जानकीटोलस्थित राति कार्यालयमा बैठक बसेको बाहिर आएपछि नेता अवस्थीले जवाफ मागेका हुन् ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य उनले फेसबुकमा सत्ता गठबन्धनसित जवाफ मागेका छन् । ‘बरु रोयल्टी नतिर्ने व्यवसायीसंग कार्तिक २३ गते राति किन र केका लागि मिटिङ्ग बसेको हो, स्पष्ट पार’ उनले भनेका छन् ।

ratnam malkhad

ठेकेदार श्रेष्ठको कुमार सिएफसीसी जेभीले भीमदत्तलाई २० करोड रोयल्टी तिर्न बाँकी छ । अघिल्लो कार्यकालमा पटक पटक ताकेता गरिएपछि श्रेष्ठ अदालत गएका थिए । अदालतले मुद्दा खारेज गरि दिएपछि उनी रकम तिर्न आनाकानी गर्दै आएका छन् ।

नगरपालिकालाई रोयल्टी रकम तिर्न आनाकानी गर्दै आएका श्रेष्ठसित बुधबार राति प्रदेश सभा सदस्यका उम्मेदवार बेल बहादुर राना सहित काँग्रेस नेता बैठक बसेको बाहिर आएको छ । ठेकेदार श्रेष्ठ रोयल्टी मिनाहा गराउन राजनीतिक दल गुहार्दै आएका छन् ।

आयोजनाका इन्जिनियर किशोर पाण्डेयले गत वर्ष महाकाली पुल आयोजानमा भीमदत्तमा आफ्नो सत्ता आउने भएकाले रोयल्टी नतिर्ने चेतावनी दिएका थिए । त्यसपछि उनलाई कार्यालयबाट बाहिर पठाइएको थियो । एमाले नेता अवस्थीले राना सहित बैठक बसेको बाहिर आएपछि बैठक बस्ने कारणबारे सोधेका छन् ।

उनले रोयल्टी रकमका लागि पहल नगर्ने र रकम दिनु हुँदैन भनेर मुद्दा लड्ने व्यक्तिललाई सल्लाहर नियुक्त गरिएकोमा पनि अन्तुष्टि जनाएका छन् । उनले रोयल्टी रकम अशुल्न मतबलन गरी ऋणमा परेको भ्रम फैलाएर जनतालाई गुमराहमा राखेको भन्दै आक्रोश पोखेका छन् ।

Himal dental
सम्बन्धित
Loading...