ghar sansar

सत्ता गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार भाटले गरे चुनावी प्रतिवद्धता सार्वजनिक

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुुर निर्वाचन क्षेत्र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाट(सरल)ले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । सत्ता गठबन्धनका उम्मेदवार भाटले आधारभूत समस्याको समाधान गरौँ, उत्पादन बढाएर आत्मनिर्भर बनौँ, योजना भन्न र देखाउनलाई होईन कार्यान्वयन गर्न र जनजिविकासंग जोडिएका काम गरौँ’ भन्ने नाार सहित प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

उनले निर्वाचन क्षेत्रको एकीकृत नमुना विकासका लागि प्रतिबद्धता जाहेर गर्दै शिक्षा, स्वास्थ्य, यातायात, भौतिक पूर्वाधार खानेपानी, भूमि तथा कृषि, पर्यटन, सस्कृति, सहकारी, स्वरोजगार, समाजिक सुरक्षा, स्वास्थ्य पुर्नस्थापनाको एजेण्डालाई प्राथमिकता दिएका छन । क्षेत्रका आरक्षपीडित, भूमिहिन, सकुमबासी, मुक्त हलिया कमैया, दलित, आदिवासी जनजाती, विपन्न एव नदी कटानीको समस्या समाधनका लागि प्रतिज्ञा गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

जनतासंग जनप्रतिनिधी कार्यक्रम संचालन गरी हरेक ३ महिनामा अनिवार्य जनताकै विचमा गई साक्षात्कार कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेका छन ।

एक बहुप्राविधकि शिक्षालय स्थापना गर्ने, सामुदायिक क्याम्पसलाई सरकारी विश्वविद्यालयका आंगिक क्याम्पस बनाउने, क्षेत्रका स्वास्थ्य संस्थाको स्तर बृद्धि गर्दै गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा विस्तार गर्ने, क्षेत्रभरी रिङरोड विस्तार गर्ने, चुरेदेखि दक्षिण लालझाडी मोहनासम्मका नदी कटानी नियन्त्रणका लागि तटबन्ध निर्माण, पुल पुलेसा निर्माण, डम्पिङ्ग साईडको वैज्ञानिक व्यवस्थापन गनिरे, बाल उद्यान विस्तार, चोक चौतारमा सिसिभिटी क्यामेरा जडान, एक वडा एक खेल मैदान निर्माण गरिने, अनाथ असहाय, अपाङ्गका लागि आवासिय विद्यालय स्थापना गरिने, कृष्णपुर नगरपालिका १ विगटबस्ती कुमगडामा विकास पूर्वाधार विस्तार गरिने र पाँच बर्षभित्रै क्षेत्रभरीका सबै गाँउबस्तीमा शुद्धखानेपानी विस्तार गरिने प्रतिद्धता जाहेर गरिएको छ ।

आरक्षपीडितको दिर्घकालिन समस्या समाधान गरिने, छापा पशु चौपायाको बहुमखी व्यवस्थापन गरिने, आत्मनिर्भर कृषि कार्यक्रम संचालन, कृषि एम्बुलेन्स विस्तार, बगरखेती विस्तार, महाकाली तेस्रो चरणको नहरलाई कृष्णपुर नगरपालिकासम्म यथाशिघ्र विस्तार गराउने, भूमिगत सिँचाई विस्तार, चिस्यान केन्द्र निर्माण, स्थानीय उत्पादनलाई बाह्य बजारसम्म पु¥याउने, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेसका लागि हिरापुरमा गेट निर्माण गर्ने, क्षेत्रमा ऐतिहासिक धार्मिक पर्यापर्यटकीय क्षेत्रको विकास गर्ने, पहाड, थारु समुदायको संस्कृति संरक्षण गरिने, हरेक जनतालाई सहकारीसंग जोड्ने, युवाहरुलाई सीपमुलुक तालिम उपलब्ध गराएर आत्मनिर्भर बनाउने, जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलन सहिद घाईते वेपत्ता विस्थापित परिवार सहितका सन्ततीलाई शिक्षा, स्वास्थ्य र भरणपोषणको योजना ल्याउने, दलित लोपोन्मुख विपन्न परिवारको जनता आवास कार्यक्रम संचालन गर्ने , लागु औषधको दुव्र्यसनीबाट छुटकारा दिलाउन सुधार गृह निर्माण गर्ने, धर्मशाला विस्तार गर्ने, क्षेत्रमा उच्चस्तरिय अस्पताल निर्माण गर्ने, सुशासन, पारदर्शी रुपमा जनताको चाहना अनुरुप विकास गर्ने एजेण्डा अघि सारेका छन ।

बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र २(क)का उम्मेदवार ओम विक्रम भाट(सरल)ले सक्नेजती एजेण्डा अघि सारेको बताएका छन । ‘मैले जितेपछि यस क्षेत्रको सम्बृद्धिका लागि सक्ने जती अहिले जनतासामु प्रतिबद्धता लगेर चुनावमा होमिएको छुँ, ‘ओम विक्रम भाटले भने, ‘हारेपनि क्षेत्रको विकासका काम गर्छु ।’

Himal dental
सम्बन्धित
Loading...