ghar sansar

भीमदत्तमा सल्लाहकार नियुक्ति र कर्मचारी सरुवामा अख्तियारले थाल्यो छानबिन, १५ दिनभित्र सबै विवरण पठाउन पठायो पत्र

khasi

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिकालाई सल्लाहकार, कर्मचारी नियुक्ति र सरुवा सम्बन्धी गरिएका सबै कागजात पठाउन पत्राचार गरेको छ ।

अख्तियारले कार्तिक २५ गते नगरपालिकालाई सल्लाहकार, कानुनी सल्लाहकार, सवारी नियुक्ति र कर्मचारी सरुवामा आर्थिक अनियमिता गरिएको उजुरी सम्बन्धि छानबिनका लागि १५ दिनभित्र २०७९ बैशाखदेखि हालसम्मका सबै कागजात सहित प्रतिक्रिया पठाउन पत्र पठाएको हो ।

Anant bahu travels
dirghayi clinic

अख्तियारका शाखा अधिकृत नवराज भण्डारीले हस्ताक्षर गरिएको पत्रमा नगरपालिकाको स्वीकृत दरबन्दी, नगर कार्यपालिका वा जनप्रतिनिधिबाट नियुक्ति कर्मचारीको विवरण, नियुक्ति प्रक्रिया, खाईपाई आएको तलब भत्ता र नगरपालिकाका कर्मचारी सरुवा सम्बन्धी गरिएका निर्णय पठाउन आग्रह गरिएको छ ।

नगरपालिका कार्यालयलाई अत्यन्त जरुरी भनेर लेखिएको पत्रमा अख्तियारले स्थानीय सरकार सञ्चालन ऐन २०७४, सुदूरपश्चिम प्रदेश सरकारको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी ऐन २०७५, सुदूरपश्चिम प्रदेश सरकारको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी ऐन (पहिलो संशोधन) २०७६ का आधारमा नियुक्ति गरिएको नगरिएको सम्बन्धी छानबिन गर्न लागेको हो ।

भीमदत्त नगरपालिकाले कार्यपालिका बैठकबाट एकै पाँच जनालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । कार्यपालिकाको निर्णयपछि कार्यालयले सबैलाई मासिक सेवा सुविधा दिने गरी नियुक्त गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...