ghar sansar

भुजेलाको चौकीसोता मतदाता केन्द्रमा मतदाता थापालाई नै बनाइयो सहायक मतदान अधिकृत, सिडिओ भन्छन्– करेक्सन गर्न सकिन्छ

khasi

महेन्द्रनगर । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका कम्युटर अपरेटर राम बहादुर थापामगर आफैं मतदाता भएको मतदान केन्द्रका सहायक मतदान अधिकृत भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले थापालाई भीमदत्त नगरपालिका ११ भुजेला चौकीसोतास्थित महाकाली जनज्योति आधारभूत विद्यालय मतदान केन्द्र सहायक मतदान अधिकृत बनाएको हो ।

Anant bahu travels

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार भीमदत्त नगरपालिका १० ठेगाना उल्लेख गरिएका थापा मतदान केन्द्रका मतदाता छन् । ४५ वर्षका थापाको मतदाता ५०७३८८० उल्लेख गरिएको छ ।

dirghayi clinic

सहायक मतदान अधिकृत थापा आफैंले पनि आफू मतदान केन्द्रको मतदाता भएको बताए । ‘बस्नलाई म १० नम्बरतिर बस्छु, त्यहाँ मेरो जग्गा थियो, त्यसैले त्यहींको मतदाता भएको हुँ’ उनले भने,‘मलाई यहाँ किन पठाइयो भन्ने केही थाह छैन ।’

निर्वाचन अधिकृत कार्यालयले आफूलाई किन मतदाता भएको केन्द्रमा पठाएको भन्नेबारे आफूलाई केही जानकारी नभएको बताए । ‘मैले कसैलाई पनि भनेको छैन, गल्तीले परेको हुन सक्छ, मलाई जहाँ पठाए पनि जान तयार छु’ उनले भने ।

निर्वाचन अधिकृत कार्यालयसित आफूले यस पटक आफूले चुनाव परिचालन नगर्न मौखिक रुपमा आग्रह गरिएको बताए । ‘लिखित त होइन, मौखिक रुपमा भनेको हो,’ उनले भने, ‘के गर्ने पठाई दियो ।’

प्रमुख जिल्ला जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले मतदाता भएको केन्द्रमा सहायक मतदान अधिकृत भएकोबारे बुझ्ने बताए । ‘निर्वाचन अधिकृत कार्यालयलाई विवरण पठाई दिने हो, के भएको रहेछ, त्यसलाई करेक्सन गर्न सकिन्छ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...