ghar sansar

निर्वाचन कर्मचारी खटनपटनमा यतिसम्म बेथिति, बेलौरीमा अवकाश पाएका कर्मचारीलाई नै खटाइयो

महेन्द्रनगर । बेलौरी नगरपालिका ८ स्थित जनज्योति मतदान केन्द्रमा अवकाश पाएका कर्मचारी खटाइएका छन् । उच्च अदालत दिपायलबाट अवकाश पाएका राम बहादुर भुजेललाई सहयोगी कर्मचारीका रुपमा खटाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय खटाइएका भुजेल केही महिना अघि उच्च अदालतबाट अवकाश पाएका थिए । निर्वाचनमा कर्मचारी खटनपटनका लागि प्रमुख जिल्ला अधिकारी नेतृत्वको कर्मचारी व्यवस्थापन समितिले सबै कार्यालयबाट विवरण मगाएर मुख्य निर्वाचन अधिकृत कार्यालयमा पठाएपछि जिम्मेवारी दिइएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले कार्यालयबाट आएको नामका आधारमा विवरण पठाइएको बताए । ‘कार्यालयबाट आएका नाम पठाइएका हुन्, अवकाश भएको कर्मचारीलाई पठाउनु नहुने हो’ उनले भने ।

भीमदत्त नगरपालिका ११ स्थित चौकीसोतामा सम्बन्धित मतदान केन्द्रका मतदाता राम बहादुर थापा नै सहायक मतदान अधिकृत भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...