ghar sansar

ढक्का शिविरमा काँग्रेसमाथि खनिए धामी, भने– २० वर्ष अघि बिल्लीबाँठ बनाए, अहिले एनपी साउँद भोट माग्न आउँदैछन्, लाज लाग्दैन

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार नर बहादुर धामीले नेपाली कांग्रेसले आरक्ष पीडितहरुको विल्लीबाँठ बनाएको आरोप लगाएका छन् ।

सोमबार ढक्का शिविरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने,२०५८ मा देउवा सरकारले शुक्लाफाँटा निकुञ्ज विस्तारका क्रममा विस्थापित गराइएका नागरिकको व्यवस्थापन २० वर्ष बितिसक्दा पनि गर्न सकेन,अहिले त्यही आरक्ष पीडितको एजेण्डा लिएर एनपी साउँद भोट माग्न आउँदैछन्,उहाँलाई लाज लाग्दैन ।

western public academy

तत्कालिन देउवा सरकारले निकुञ्ज विस्तार गर्न घरखेत खोसिदिएपछि घरबारविहीन भएका पीडित खोलानाला किनार, सडक, सार्वजनिक एवं खुला क्षेत्रमा झुपडी बनाएर बस्न बाध्य छन्।

आरक्षपिडीतहरुको व्यवस्थापनका लागि हामीले १० कठ्ठा जमिन दिने नभए ६० लाख रुपैयाँ दिने भन्यो, तर षड्यन्त्रपूर्वक परमादेशबाट हाम्रो सरकार ढाल्ने काम गरियो,सरकार ढलेपछि कार्यान्वयन हुन पाएन,उनले भने,अब पुन एकपटक जिताएर संसदमा पठाउनस्,ढक्काबाट भेट सुरु गर्छु,संसदको पहिलो बैठकमा विशेष समय लिएर आरक्षपिडीतको माग सम्बोधनका लागि बुलन्द रुपमा बोल्छु,कार्यान्वयन गर्न भूमिका खेल्छु ।

dirhayu

प्रधानमन्त्री शेर बहादुर देउवासंग आरक्षपिडीतका समस्याबारे सोध्दा कञ्चनपुरमा आरक्षपिडीत नभई सुकुम्बासी रहेको जवाफ दिएको धामीले बताए । कार्यदलको म्याद १ वर्ष रहेको र गत चैत्रसम्म कार्यदलको म्याद भएपनि त्यसलाई पेण्डुलम बनाएर काम गर्न नदिइएको र पछि दल बहादुर बोहराको नेतृत्वमा अर्को कार्यदल गठन गरिएको धामीले बताए । बोहरा नेतृत्वको कार्यदललाई अहिले निकुञ्ज भित्र बसेका व्यक्तिहरु हटाउने अधिकार दिएको धामीको भनाई थियो ।

बोहराको कार्यदलले ६ महिनासम्म राज्यमन्त्री सरह सुविधा खाएर एउटा व्यक्तिलाई पोस्न,निर्वाचनलाई प्रभावित गर्न,आरक्षपिडित गरिब जनताको भोट कांग्रेसले लिनका लागि षडयन्त्र गरिएको धामीले बताए । १४८० आरक्षपिडीतलाई १० कठ्ठा जग्गा सहित ६० लाख रुपैयाँ दिन आफुहरु अघि बढ्न खोज्दा सरकार ढलेको बताए ।

धामीले तीस वर्षदेखी चुनाव लडिरहेका एनपी साउँदले बल्ल आरक्षपिडतको समस्या क्यान्सर हो भन्ने थाहा पाएको र त्यो क्यान्सर कसले लगाएको भन्दै प्रश्न गरे । साउँदले समस्या समाधान गर्नु त परै जाओस् बल्ल क्यान्सर हो भन्दै डक्टर भएर निस्किए,धामीले भने ।

आफुहरुले आरक्षपिडीतलाई थप बलियो बनाएको र हातमा अधिकार दिएको धाीमीले बताए । धामीले सुरेन्द्र बम नेतृत्वको आयोगले सिफारिस गरेको १० कठ्ठा जमिन वा ६० लाख रुपैया दिने कुरा कार्यान्यन गर्न अब आफु लडाई लड्ने बताए ।

सुन्दरपुरमा कांग्रेस नेता साउँदले १० लाख रुपैयाँ दिने भनेको उल्लेख गर्दै धामीले भने, एमालेले १० कठ्ठा जमिन नभए ६० लाख दिने कुरा गरेको छ,उहाँ चाहि १० लाख दिने रे ! आरक्षपिडीतका समस्याका विषयमा आफुले संसदमा बुलन्द रुपमा बोलेको बताउँदै धामीले यसअघि पआरक्षपिडीतको पक्षमा प्रतिवेदन पेश गर्ने कार्य मात्रै भएको र अब जिताए आरक्षपिडीतको समस्या समाधान गरिने छाड्ने बताए । समस्या समाधानका लागि अन्तिम हदसम्म लडाई लड्ने उनको भनाई थियो ।

Himal dental
सम्बन्धित
Loading...