ghar sansar

बेदकोटमा काँग्रेस बिपीका झण्डा च्यातेर नहरमा फालिए

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका २ जडेपानीमा काँग्रेस विपीका झण्डा च्यातेर नहरमा फालिएका छन् । विपीका च्यातिएका झण्डा महाकाली सिँचाई आयोजनाको तेस्रो चरणको नहरमा भेटिएका छन् ।

dirghayi clinic

चुनाव प्रचारका लागि काँग्रेस विपीले झण्डा लगाएको हो । सोमबार राति झण्डा फालिएको नेताहरुले बताएका छन् । काँग्रेसका विपीका नेता सुरेन्द्र देउवाले जडेपानी बाहेक अन्य क्षेत्रमा पनि झण्डा च्यातेर फालिएको बताए ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का काँग्रेस बीपिबाट बीर बहादुर बोहरा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य ख मा नारायण बोहरा चुनावी मैदानमा होमिएका छन् । काँग्रेस विपीले २ नम्बर क्षेत्रमा समानुपातिक उम्मेदवार पनि चुनावी मैदानमा छन् ।

Himal dental
सम्बन्धित
Loading...