
दोधारा चाँदनीका मतदाताले पाललाई जिताउने वाचा गर्दै दिए आर्शिवाद, भन्छन्–महिलाका वेदना महिलाले नै बुझ्छ, त्यसैले यस पटक महिलालाई जिताउँछौ
पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकाका मतदाताले एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरु देवी पाललाई विजय गर्ने वाचा गरी आर्शिवाद दिएका छन् । कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाको उम्मेदवारमा पहिलो पटक महिला उम्मेदवारलाई पाएसंगै बढी जसो महिलाहरु निरुपाल जिताउन आतुर देखिएका छन् ।
अझै सम्म कुनै पनि दलले ३ नम्बरमा प्रतिनिधि सभामा महिला उम्मेदवार नदिएका भन्दै महिलाको वेदना महिलाले नै बुझने बताउँदै यस पटको निर्वाचनमा पाललाई विजय गर्ने प्रतिबद्धता गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ७ र १० मा आयोजित मतदातासंग भेटमा स्थानिय मतदाताहरुले उम्मेदवार यस्तो बताएका हुन् । कार्यक्रममा चुनावी प्रचारका क्रममा उनले आफूले गरेका काम र अनुभवलाई निर्धक्क संग मतदाता माझ राखेका छन् ।
‘महिलाका समस्या महिलाले बुझ्छन् । म त भात पकाएर आएको मान्छे हो नि, भैंसी पालेर आएको मान्छे हो, धान रोपेर आएको मान्छे हो नि । तपाईंका हरेक समस्या मेरा समस्या हुन्,’ मतदाता संग निकटता कायम गर्दै उनले भनिन्, ‘महिला तथा सामाजिक समितिको सभापती हुदा महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि थुप्रै विधेयक बनाएका छौं । छोराछोरीले आमा बुवालाई वृद्धाश्रम राख्न नपाइने कडा कानून बनाएका छौं ।’
भारतले अतिक्रमण गरेको नेपाली भू–भागलाई नक्सामा कायम गर्न भूमिका खेलेको कुरालाई उनले गौरव साथ मतदाता माझ राखिन् । उनले भनिन्, ‘चुच्चे नक्सा जारी गरिरहदा यिनै हातले सिग्नेचर गरेका हुन् ।’
प्रहरी प्रशासनले किसानलाई दुख दिने र तस्कर संग सेटिङ गर्ने गरेको प्रवृत्ति विरुद्ध आफू संसदमा बोलेको स्मरण गर्दै उनले भनिन्, ‘असारमा धान रोप्नु छ भने हामीले भदौ सम्म मलखाद पाउदैनौं । यहाँ पाउँदै–पाउँदैन, पारिबाट ल्याउन जाउ भन्दा लठ्ठी बजार्छन् । तस्करलाई बजारे त हामी पनि खुशी हुन्थ्यौं नि, किसान माथि हुने अन्याय विरुद्ध हामीले संसदमा आवाज उठाएका छौं ।’
कार्यक्रममा नेकपा एमालेका कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधिध सभाका पाल र ३ (ख) प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्टलाई बहुमतले बिजय गराउन मतदाता आतुर रहेको नेकपा एमालेका एमाले नगर सह–ईन्चार्ज गगन खत्रीले बताए । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा एमालेबाट प्रतिनिधि सभामा पाल र प्रदेश सभा सदस्यमा विष्ट उम्मेदवार भएका छन् ।
