ghar sansar

शुक्लाफाँटामा तरुण दलका वडा सभापति काँग्रेस छाडेर एमाले प्रवेश, भन्छन्– काँग्रेसभित्र दबिएर बसेका थियौ, विद्रोहको सुरुवात गरेका छौ, अब अरु पनि आउँछन्

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ८ मा तरुण दल वडा सभापति नारद ठगुन्ना सहित १६ जना एमाले प्रवेश गरेका छन् । मंगलवार बिहान उनीहरुलाई कञ्चनपुर निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार नर बहादुर धामी र प्रदेश सभा सदस्य उम्मेदवार वचन बहादुर सिंहले टीका लगाएर स्वागत गरेका छन् ।

dirghayi clinic

काँग्रेसका छाडेका ठगुन्नाले काँंग्रेसले युवालाई अवसरको क्रममा पछाडि धकेलेको आरोप लगाएका छन् । उनले भने, ‘कांग्रेसमा युवाहरू दबिएर बस्नुभएको छ । हामीले विद्रोहको सुरुआत गरेका छौं, अब अरु युवाहरू पनि एमालेमा आउनु हुन्छ ।’

एमाले प्रवेश गर्नेहरूमा ठगुन्नासहित खडकसिंह ठगुन्ना, रविन्द्रसिंह ठगुन्ना, नविन महरा, भुपेन्द्र महरा, वागमती बोहरा, कौसादेवी ठगुन्ना, पवित्रा रावल, लालमति धामी, नविन भण्डारी, दिपक धामी, डबल धामी, बिमा ठगुन्ना, अनु महता र शान्ति ठगुन्ना रहेका छन् ।

Himal dental
सम्बन्धित
Loading...