ghar sansar

दोधारा चाँदनीका वासिन्दालाई सुरक्षित आवाश व्यवस्था गर्ने एमाले उम्मेदवार विष्टको प्रतिवद्धता, भन्छन्– घर विहीनलाई पनि घर बनाउँछौ, खरका छाना मुक्त वस्ती बनाउँछौ

पप्पु गुरुङ्ग
दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्टले दोधारा चाँदनीमा जनता आवाश कार्यक्रम सञ्चालन गरी खरका छाना मुक्त वस्ती बनाउने योजना अघि सारेका छन् । चुनावी प्रचारमा उनले सबै वडाका मतदातासम्म खरका छाना हटाएर सुरक्षित वस्ती बनाउने प्रतिवद्धता गरेका छन् ।

‘अहिलेसम्म हामी खरले छाएका घरमा छौ, अब ती खरका छाना भएका सबै घर टिनका छाना लगाउँछु, त्यसका लागि जनता आवाश कार्यक्रम सञ्चालन गर्छु’ उनले भने,‘सबै वासिन्दालाई सुरक्षित आवाश पुगाउने जिम्मा म लिन्छु ।’

lotus institite

दोधारा चाँदनी नगरपालिका बजार क्षेत्र बाहेक अधिकाँश वासिन्दाका खरले छाएको घरमा बस्दै आएका छन् । चुनावी प्रचारका क्रममा उम्मेदवार विष्टले गास, वास र कपासको आधारभूत आवश्यकतालाई आफू प्राथमिकता दिएर जाने बताए ।

‘हामी अहिलेसम्म खरले छाएका घरमा बसेका छौ, यो त्यति सुरक्षित छैन, त्यसलाई सुरक्षित बनाउन खरका छाना मुक्त अभियान नै सञ्चालन गर्छु’ उनले भने ।

daimond public

भीमदत्त नगरपालिकामा मेयर हुँदा विष्टले संघ र प्रदेश सरकारसित साझेदारी गरी जनता आवाश कार्यक्रम सञ्चालन गरेका थिए । त्यस अन्र्तगत भीमदत्त नगरपालिका ९ को वादी वस्ती सहित विभिन्न वडामा आवाश निर्माण गरिएका थिए ।

भीमदत्त नगरपालिकाको मोडेलमा उनले दोधारा चाँदनी नगरपालिका वासिन्दाका लागि आवाश कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन् । भीमदत्त नगरपालिकाको पाँच वर्षे कार्यकालपछि उनी प्रदेश सभा ख बाट उम्मेदवार भएका छन् ।

प्रदेश सभा सदस्य ख मा दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका ७ वडा छन् । प्रदेश सभा निर्वाचन क्षेत्रका सबै वडामा उनी चुनावी घरदैलोमा व्यस्त भएका छन् ।

उम्मेदवार विष्टले प्रदेश सभा क्षेत्रमा खैरभट्टी कुतियाकवर विकास मोडेल अघि सारेका छन् । उनले सुरक्षित आवाश सहितको २० बुँदे चुनावी प्रतिवद्धता मतदातासम्म लगेका छन् ।

कञ्चनपुर ३ मा एमालेबाट प्रतिनिधि सभा सदस्यमा निरुदेवी पाल र प्रदेश सभा सदस्यमा विष्ट उम्मेदवार छन् । यस क्षेत्रमा एमालेले राप्रपासित चुनावी तालमेल गरेको छ । प्रदेश सभा सदस्य क मा राप्रपाका धर्मराज जोशी उम्मेदवार भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...