ghar sansar

दोधारा चाँदनीका वासिन्दालाई सुरक्षित आवाश व्यवस्था गर्ने एमाले उम्मेदवार विष्टको प्रतिवद्धता, भन्छन्– घर विहीनलाई पनि घर बनाउँछौ, खरका छाना मुक्त वस्ती बनाउँछौ

little buddha academy
khasi

पप्पु गुरुङ्ग
दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्टले दोधारा चाँदनीमा जनता आवाश कार्यक्रम सञ्चालन गरी खरका छाना मुक्त वस्ती बनाउने योजना अघि सारेका छन् । चुनावी प्रचारमा उनले सबै वडाका मतदातासम्म खरका छाना हटाएर सुरक्षित वस्ती बनाउने प्रतिवद्धता गरेका छन् ।

‘अहिलेसम्म हामी खरले छाएका घरमा छौ, अब ती खरका छाना भएका सबै घर टिनका छाना लगाउँछु, त्यसका लागि जनता आवाश कार्यक्रम सञ्चालन गर्छु’ उनले भने,‘सबै वासिन्दालाई सुरक्षित आवाश पुगाउने जिम्मा म लिन्छु ।’

,orning glory badhai

दोधारा चाँदनी नगरपालिका बजार क्षेत्र बाहेक अधिकाँश वासिन्दाका खरले छाएको घरमा बस्दै आएका छन् । चुनावी प्रचारका क्रममा उम्मेदवार विष्टले गास, वास र कपासको आधारभूत आवश्यकतालाई आफू प्राथमिकता दिएर जाने बताए ।

‘हामी अहिलेसम्म खरले छाएका घरमा बसेका छौ, यो त्यति सुरक्षित छैन, त्यसलाई सुरक्षित बनाउन खरका छाना मुक्त अभियान नै सञ्चालन गर्छु’ उनले भने ।

dirghayi clinic

भीमदत्त नगरपालिकामा मेयर हुँदा विष्टले संघ र प्रदेश सरकारसित साझेदारी गरी जनता आवाश कार्यक्रम सञ्चालन गरेका थिए । त्यस अन्र्तगत भीमदत्त नगरपालिका ९ को वादी वस्ती सहित विभिन्न वडामा आवाश निर्माण गरिएका थिए ।

भीमदत्त नगरपालिकाको मोडेलमा उनले दोधारा चाँदनी नगरपालिका वासिन्दाका लागि आवाश कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन् । भीमदत्त नगरपालिकाको पाँच वर्षे कार्यकालपछि उनी प्रदेश सभा ख बाट उम्मेदवार भएका छन् ।

प्रदेश सभा सदस्य ख मा दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका ७ वडा छन् । प्रदेश सभा निर्वाचन क्षेत्रका सबै वडामा उनी चुनावी घरदैलोमा व्यस्त भएका छन् ।

उम्मेदवार विष्टले प्रदेश सभा क्षेत्रमा खैरभट्टी कुतियाकवर विकास मोडेल अघि सारेका छन् । उनले सुरक्षित आवाश सहितको २० बुँदे चुनावी प्रतिवद्धता मतदातासम्म लगेका छन् ।

कञ्चनपुर ३ मा एमालेबाट प्रतिनिधि सभा सदस्यमा निरुदेवी पाल र प्रदेश सभा सदस्यमा विष्ट उम्मेदवार छन् । यस क्षेत्रमा एमालेले राप्रपासित चुनावी तालमेल गरेको छ । प्रदेश सभा सदस्य क मा राप्रपाका धर्मराज जोशी उम्मेदवार भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...