ghar sansar

कञ्चनपुर १ मा काँग्रेसका प्रदेश समिति सदस्य सहित नेता कार्यकर्ता नै छैनन् सत्ता गठबन्धनको चुनाव प्रचारमा, कारवाहीका लागि क्षेत्रीय समितिले पठायो जिल्ला समितिलाई पत्र

little buddha academy
khasi

महेन्द्रनगर । महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा काँग्रेसका सुदूरपश्चिम प्रदेश समितिका सदस्य सहित नेता कार्यकर्ता अहिलेसम्म सत्ता गठबन्धनको चुनावी प्रचारमा अनुपस्थित भएका छन् ।

चुनाव प्रसार सुरु भएपछि उनीहरु प्रचारमा नआएपछि काँग्रेसको क्षेत्रीय समितिले प्रदेश सदस्य भुलिया राना, क्षेत्रीय समिति सदस्य रामकृष्ण राना सहितलाई कारवाहीका लागि जिल्ला समितिमा सिफारिश गरेको छ । जिल्ला सभापति पदम बोगटीलाई पत्र पठाएर उनीहरु १० जना हालसम्म पार्टी समितिको सम्पर्कमा नआएकाले आवश्यक कदम चाल्न माग गरिएको छ ।

,orning glory badhai
dirghayi clinic

काँग्रेसका क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यय र सचिव विश्राम रानाले पठाएको पत्रमा रानाद्वय सहित क्षेत्रीय प्रतिनिधि हरिचन्द ठकुरी लगायतलाई कारवाहीका लागि माग गरिएको छ ।

क्षेत्रीय समितिले कार्तिक २२ गते जिल्ला कार्य समितिलाई पत्र पठाएको थियो । कञ्चनपुर १ मा प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका विना मगर र प्रदेश सभा सदस्यमा काँग्रेसका दिवान सिह विष्ट र बन्धु राना उम्मेदवार भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...