
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुरेन्द्र दमाईले उम्मेदवारी निष्क्रिय पारी एमाले राप्रपाका संयुक्त उम्मेदवार धर्मराज जोशीलाई समर्थन गरेका छन् ।
उनले प्रेस विज्ञप्ति प्रकाशित गरी उम्मेदवारी छाडेर जोशीलाई सहयोग गरेको घोषणा गरेका छन् । जोशीलाई जिताउन उनले विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।

