ghar sansar

प्रधानमन्त्री देउवा धर्मपत्नि आरजु सहित पुगे तल्लो स्वराड, आरजुले द्वारिकालाई सम्झिदैं भनिन्,–मलाई ए नानी भन्नु हुन्थ्यो, वहाँ स्मार्ट लाग्नु हुन्थ्यो

little buddha academy
khasi

महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको निर्माण अघि बढ्ने बताएका छन्। यहीँ कार्तिक २३ गते पाटनमा पञ्चेश्वर र पश्चिम सेती निर्माण गरी सुदूरपश्चिमको कायापलट गर्ने दाबी गरेका देउवाले आज शिवनाथको सुल्लेखानमा पनि त्यही अभिव्यक्ति दोहो–याएका हुन् ।

उनले पञ्चेश्वर जलविद्युत आयोजना अघि बढाउन भारतीय प्रधानमन्त्रीसँग कुरा भएको बताए । ‘भारत सरकारसँग कुरा भएको छ, अहिलेका प्रधानमन्त्री मोदीजीले अगाडि बढाउनुपर्छ भनेर मलाई भनेका छन्,’ उनले भने । महाकालीमा पुल निर्माण कार्य पनि अघि बढाउने देउवाले बताए। ‘पुल तल धरमघाटमा बन्छ, पञ्चेश्वर माथि हो,’ उनले भने ।

स्थानीयले झुलाघाटमा पुलको माग राखेपनि देउवाले पञ्चेश्वरको प्रस्तावित ड्यामसाईड भन्दा तल्लो तटीय क्षेत्र धरमघाटमा निर्माण गर्ने बताए। देउवाले पुल बन्ने भनिएको क्षेत्र झुलाघाटभन्दा करिब एक सय ५० किलोमिटर दक्षिणमा पर्छ । देउवाले गठबन्धनका उम्मेदवारहरुलाई भोट माग्दै ‘उग्रताराबाट मेलौली हुँदै पञ्चेश्वसम्म बाटो बनाउने पनि बताए ।

‘यहाँबाट इण्डिया जाने बाटो पनि बन्न सक्छ,’ उनले भने ‘मेरो श्रीमती आरजु राणा देउवा जी हुनुहुन्छ। उहाँले यस क्षेत्रका लागि अवश्य पनि काम गुर्न हुने छ।’

dirghayi clinic

कार्यक्रममा सहभागी आरजु राणाले शिवनाथ पुगेर द्वारिकादेवी ठकुरानीलाई सम्झिन। ‘द्वारिकाजी हाम्रो घरमा धेरै सवारी गर्नुहुन्थ्यो, मलाई ए नानी भन्नुहुन्थ्यो,’ आरजुले भनिन् ‘उहाँ स्मार्ट लाग्नुहुन्थ्यो ।’

उनले भारतसँग अहिले सुमधुर सम्बन्ध भएकाले धेरै काम गर्न सकिने बताइन। भारतसँग सुमधुर सम्बन्ध नभई केही गर्न नसकिने आरजुको दाबी थियो ।

गठबन्धनका नेताहरुका लागि भोट माग्दै उनले भनिन्, ‘माथि गठबन्धनबाट माओबादीको उम्मेदवार उठ्नुभाछ, यहाँ फेरि शिवराजजी लाई पहिल्यै देखि चिन्छु। उहाँ मेरो भिनाजुको गुड फ्रेण्ड हो, एकदम असल मान्छे हो ।’

कार्यक्रममा माओबादीका सुदूरपश्चिम इन्चार्ज तथा डडेल्धुराबाट प्रदेशसभा सदस्यका उम्मेदवार खगराज भट्ट, कांग्रेस नेता नैनसिंह महर, कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द लगायतले मन्तब्य राखेका थिए ।

बैतडीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा माओबादी पोलिटब्युरो सदस्य नरेन्द्र कुवँर र प्रदेश सभामा कांग्रेसका शिवराज भट्ट र बिर बहादुर बिष्ट उम्मेदवार रहेका छन् ।

Himal dental
सम्बन्धित
Loading...