
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिहले परिवर्तनको पक्षमा मतदान गर्न आव्हान गरेका छन् । चुनाव प्रचारको अन्तिम दिन सिहले मतदातालाई अपिल जारी गर्दै परिवर्तनको पक्षमा मतदान गर्न आव्हान गरेका हुन् ।
काँग्रेसका महाधिवेशन प्रतिनिधि सिह पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका छन् । पटक पटक होइन, एक पटक, राजनीति पेशा होइन, सेवा हो भन्ने नारा मतदातासम्म पुगाएका उनले प्रचारको अन्तिम दिन अपिल गरेका छन् ।

सिहले निर्वाचन क्षेत्रका सबै वडामा चुनाव सम्पर्क कार्यालय खोलेर प्रचार गरेका छन् । उनले पटक पटक चुनाव लड्ने नेताको आर्थिक स्रोत सोध्न मतदातालाई घोषणापत्रमा आग्रह गरेका छन् ।
