ghar sansar

कञ्चनपुर २ मा दास्रो पटकका प्रतिस्पर्धी साउँद र धामी, कसले मार्ला बाजी

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा सत्तारुढ गठबन्धनका एनपी साउँद र एमालेका नर बहादुर धामी मुख्य प्रतिस्पर्धी भएका छन् । उनीहरु दुबै जना मतदाता आफ्नो पक्षमा पार्ने अन्तिम प्रयासमा लागेका छन् ।

अघिल्लो निर्वाचनमा साउँदलाई हराउँदै धामी निर्वाचित भएका थिए । यस पटक धामी जित जोगाउनु पर्ने साउँद हारको बदला लिने दाउमा छन् । उनीहरु दुबै आफ्नो पार्टीमा केन्द्रीय सदस्य छन् ।

,orning glory badhai

धामी र साउँद २०७४ को चुनावमा पहिलो पटक चुनावी मैदानमा प्रतिस्पर्धी भएका हुन् । त्यस साउँद धेरै पटक चुनाव लडे पनि उनका अन्य प्रतिस्पर्धी थिए । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा २०५१ को मध्यावधि निर्वाचनमा अनपेक्षित नतिजा आएपछि उनी यो क्षेत्र छाडेर अन्य क्षेत्रबाट चुनाव लड्दै आएका छन् ।

क्षेत्र नं. ३ छाडेपछि साउँदले २०५६ र २०७० मा चुनाव जितेका छन् । त्यस बाहेकका सबै चुनाव उनी हारेका छन् । २०५१ निर्वाचन क्षेत्र नं. १ र २०७० मा तत्कालिन निर्वाचन क्षेत्र नं. २ बाट चुनाव जितेका हुन् ।

२०७४ को निर्वाचनमा भने यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले ३३ हजार २२० मत प्राप्त ल्याएर विजयी भएका थिए । धामीसँग साउँद ८ हजार ३२७ मतान्तरले पराजित भएका थिए ।

dirghayi clinic

धामीले आफ्नो निर्वाचन क्षेत्रको महत्वपूर्ण समस्या एलेनी जग्गा जग्गाधनी पुर्जा उपलब्ध गराउने, आरक्ष पीडितहरुको व्यवस्थापन गर्ने,दैजी क्षेला औद्योगिक क्षेत्रको काम अगाडि बढाउने लगायतका चुनावी एजेण्डा मतदातामा पुगाएका छन् ।

अहिले धामी आफ्नो जीतलाई निरन्तरा दिने दाउमा छन् भने साउँद गठबन्धनको सहयोगमा बदला लिने प्रयासमा छन् । साउँदले सुकुम्बासी र जग्गाधनी पुर्जा नभएकाहरुलाई छिट्टै लालपुर्जा उपलब्ध गर्ने ,चुरक्षेत्रमा धार्मीक पर्यटकीय सडकको निमार्ण गर्ने, आरक्ष पीडित जनताको बसोबास र मुआब्जाको व्यवस्थापन गर्ने,बाढी नियन्त्रणका लागि गुरु योजना बनाएर काम अगाडि बढाउने एजेण्डा सहित उनी चुनावी मैदानमा छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रको महत्वपूर्ण समस्या एलेनी जग्गा जग्गाधनी पुर्जा उपलब्ध गराउने, आरक्ष पीडितहरुको व्यवस्थापन गर्ने,दैजी छोला औद्योगिक क्षेत्रको काम अगाडि बढाउने लगायतका एजेण्डा सहित मत मागि रहेका छन् ।

माओवादीको साथ पाएका साउँद काँग्रेस विपी र आन्तरिक असन्तुष्टिको मारमा परेका छन् । माओवादी केन्द्रका नेता देबीलाल चौधरीको टिकट खोसिएपछि बढेको असन्तुष्टि पनि साउँदका लागि समस्या बनेको छ ।

कञ्चनपुर २ मा देखिएको मतको भेगीय समीकरण र देवीलालको टिकट खोसिएका कारण असन्तुष्ट नेता कार्यकर्ताको मत नागरिक उन्मुक्ति पार्टीमा जाने चिन्ताले उनी सबैभन्दा बढी तनावमा परेका छन् । काँग्रेस माओवादीभित्र एक अर्काको मत स्थानान्तरण नहुने जोखिम पनि धेरै देखिएको छ ।

कञ्चनपुर २ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साउँद, प्रदेश सभामा काँग्रेसका बहादुर सिह थापा र माओवादी केन्द्रका ओमबिक्रम भाट उम्मेदवार भएका छन् ।

एमालेबाट प्रतिनिधि सभामा धामी र प्रदेश सभा कृपाराम राना र वचन बहादुर सिह उम्मेदवार छन् । नागरिक उन्मुक्ति पार्टीबाट झलारीकी गीता चौधरी चुनावी मैदानमा छन् ।

Himal dental
सम्बन्धित
Loading...