
मौन अवधि सुरु भएपछि अछाम पुगेका एमाले नेता रावलले भने– म राजनीतिका लागि नभएर समाज सेवाका लागि आएको छु

महेन्द्रनगर । नेकपा एमालेका नेता तथा पूर्व उपाध्यक्ष डा.भीम बहादुर रावल अछाम पुगेका छन् । उनी प्रतिनिधि तथा प्रदेशसभा मतदानको मौन अवधि सुरु भएपछि मात्र अछाम पुगेका हुन् । एमालेको जिल्ला र प्रदेश कमिटीबाट एकल सिफारिस भएका रावलको विकल्पमा एमालेबाट झपट बोहरा चुनावी मैदानमा छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अछाम–१ मा रावललाई पन्छाएर बोहरा रोजेका थिए । कुनै पनि चुनावी गतिविधिमा सहभागी नभएर रावल साँफेबगर नगरपालिका– ६ स्थित बागेश्वरको निजी घरमा पुगेका थिए । यो कुरा थाहा पाएका एमाले कार्यकर्ताहरु शुक्रबार विहानै उनलाई भेट्न रावल निवास पुगेका थिए ।

राजनीतिकका लागि नभइ आफू यो पटक सामाजिक कार्यका लागि अछाम आएको उनले बताएका छन् । आफू अन्य काम र भोट हाल्न मात्र अछाम पुगेको उनको दाबी छ ।
