ghar sansar

प्रधानमन्त्री नै मौन अवधिमा मतदातालाई पैसा बाँड्दै, डडेल्धुराको गुराँस रिसोर्टमा शुक्रबार दिनभर बाँडियो पैसा

khasi

महेन्द्रनगर । नेपाली काँग्रेसका सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन जित्न मतदातालाई पैसा बाडिरहेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–८ रातो गुँरास रिसोर्टमा बसेका देउवा मतदातालाई पैसा बाँडिरहेका हुन् ।

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै उनी सुरक्षा घेराभित्र मतदातालाई पैसा बाँडिरहेका छन्। देउवाले निर्वाचन जित्न विगतमा पनि पैसा बाँड्दै आएको आरोप लाग्ने गरेको छ ।

बिहीवार राति १२ बजेबाट मौन अवधि सुरु भएसँगै निर्वाचनको प्रचारप्रसारमा रोक लगाइए पनि देउवाले आफूलाई मत दिन आग्रह गर्दै प्रतिव्यक्ति ५ हजार रूपैयाँ दिइरहेको एक स्थानीयले बताए । ‘प्रति व्यक्ति ५ हजार दिइरहेका छन्। मलाई पनि ५ हजार दियो,’ देउवालाई भेटेर आएका एक स्थानीयले भने ।

dirghayi clinic

रातो गुँरास रिसोर्टमा पैसा बाँडिरहेका खबर सुनेर युनिटी खबरको टीम त्यहाँ पुग्दा मानिसहरूको भीड थियो। कतिपय पत्रकारको टीम देख्दा भागेका थिए भने कतिपय आफ्नो फोटो नखिचि दिन हारगुहार गरिरहेका थिए।

सुरक्षा घेरभित्र पालैपालो मानिसलाई भित्र पठाइरहेको बेला पत्रकारलाई फोटो नखिच्न भन्दै सुरक्षाकर्मी तथा देउवाका सहयोगीले धम्की दिए। तर, पनि पत्रकारले फोटो भिडियो खिच्न थालेपछि बाहिर रहेका सबैलाई गेट भित्र जान दिइयो।

बाहिर रहेका स्थानीयसँगै पत्रकार पनि भित्र जान खोजेपछि उनीहरूलाई रोकीएको थियो । कतिपय भित्र गएर देउवालाई भेट्न नपाएको गुनासो गरिरहेका थिए भने कतिपय पैसा दिएको भन्दै खुसी भएर फर्किरहेका थिए ।

प्रहरी प्रशासनलाई पत्रकारले ‘सुरक्षा थ्रेट’ भएकोे खबर गरेपछि रिसोर्ट पुगेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी गाडिबाट बाहिर निस्किएनन् भने प्रहरी नायव उपरीक्षक मनोहर भट्टले अन्य प्रहरीलाई भीड हटाउन निर्देशन दिएका थिए। प्रहरीले भीड हटाएपछि रिसोर्ट पुगेकाहरू आ–आफ्नो घर लागेका थिए ।

Himal dental
सम्बन्धित
Loading...