ghar sansar

एमालेको दोधारा चाँदनी नगर सचिव भाटले भने– खाली हात भएको व्यक्तिलाई प्रचार सामाग्री बोकेर प्रचार गरिएको भ्रम फैलाइयो

महेन्द्रनगर । नेकपा एमालेको दोधारा चाँदनी नगर कमिटीका सचिव गणेश भाटले आफन्तसित भेटघाट गरी फर्किएका उम्मेदवारको आफन्तको तस्बिर फेसबुकमा राखेर प्रचार गरिएकोमा निन्दा गरेका छन् । उनले चुनावी प्रचार सामाग्री नभएको व्यक्तिले चुनाव प्रचार गरेको भन्दै दुष्प्रचार गरेको भन्दै असन्तुष्टि पोखेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्टका धर्मपत्नि मौन अवधिमा प्रचार गरेको भन्दै फेसबुकमा प्रचार गरिएपछि भाटले त्यसको निन्दा गरेका छन् ।

lotus institite
daimond public

स्थानीयका अनुसार दोधारा चाँदनी नगरपालिका वडा नं. २ का निवर्तमान वडा अध्यक्ष कमलापति भट्टको घर नजिक भएर घर फर्किने क्रममा केही स्थानीयले सूर्यमा मत हाल्छौ भनेपछि उनले हुन्छ भन्दा भिडियो बनाएर फेसबुकमा प्रचार गरिएको छ ।

एमाले नगर कमिटी सचिव भाटले त्यहीं कुरालाई लिएर भ्रम फैलायने गरी पैसा बाँडेको गलत प्रचार गर्न निन्दनीय भएको बताए ।

Himal dental
सम्बन्धित
Loading...