ghar sansar

सत्ता गठबन्धनभित्र कुटाकुट, दुई जना घाइते

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१ राजिपुरमा काँगे्रस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट हुँदा दुई जना घाइते भएका छन् ।

dirghayi clinic

शुक्रबार राति कांग्रेस कार्यकर्ता ४१ वर्षीय हिक्मतबहादुर विष्ट र एकीकृत समाजवादीका ६४ वर्षीय रतनबहादुर विष्टबीच कुटाकुट भएको हो । दुबै जनालाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।

,orning glory badhai

‘हिक्मतको टाउकोमा चोट लागेको छ, रतनबहादुरको चिउडो र टाउकोमा चोट लागेको छ,’ उनले भने, ‘दुबै जनालाई हिजो नै महाकाली प्रादेशिक अस्पतालमा ल्याएका थियौं, दुबैलाई धनगढी रिफर गरिएको छ, झगडा के कारण भयो भन्नेबारे खुलेको छैन् ।’

Himal dental
सम्बन्धित
Loading...