महेन्द्रनगर । भीमदत्त नगरपालिका–१ राजिपुरमा काँगे्रस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट हुँदा दुई जना घाइते भएका छन् ।
शुक्रबार राति कांग्रेस कार्यकर्ता ४१ वर्षीय हिक्मतबहादुर विष्ट र एकीकृत समाजवादीका ६४ वर्षीय रतनबहादुर विष्टबीच कुटाकुट भएको हो । दुबै जनालाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।
‘हिक्मतको टाउकोमा चोट लागेको छ, रतनबहादुरको चिउडो र टाउकोमा चोट लागेको छ,’ उनले भने, ‘दुबै जनालाई हिजो नै महाकाली प्रादेशिक अस्पतालमा ल्याएका थियौं, दुबैलाई धनगढी रिफर गरिएको छ, झगडा के कारण भयो भन्नेबारे खुलेको छैन् ।’