ghar sansar

बेदकोटमा सत्ता गठबन्धनले भोजभतेर गर्न थालेको जानकारी पाएपछि सशस्त्रको गस्तीले गर्न थाल्यो खोजी, सशस्त्र प्रहरी निरीक्षक चन्द भन्छन्– सूचना आएका छन्, खोजि रहेका छौ

महेन्द्रनगर । सशस्त्र प्रहरीले बेदकोट नगरपालिका विभिन्न स्थानमा भोजभतेर गरिएका जानकारी गएपछि सशस्त्र प्रहरीले गस्ती गरी खोजी गर्न थालेको छ ।

सशस्त्र प्रहरीका अनुसार बेदकोट नगरपालिका सिसैया उत्तरको राना थारु वस्ती र घाँडीघाँच क्षेत्रका शिविरमा भोजभतेर गरिएका जानकारी सशस्त्र प्रहरीसम्म पुगेका छन् ।

mantra hos123

सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र बहादुर चन्दले भोजभतेर गरिएको सूचना आएपछि सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

‘सूचना आएका छन्, त्यसपछि सुरक्षाकर्मी सबैतिर परिचालन गरिएको छ’ उनले भने,‘अहिलेसम्म केही भेटिएको छैन ।’
सशस्त्र प्रहरीका अनुसार सत्ता गठबन्धनले मतदाता प्रलोभनमा पार्न भोजभतेर गरेको गुनासो आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...