ghar sansar

प्रधानमन्त्रीको गृह जिल्लामा स्वतन्त्र उम्मेदवार ढकाललाई फेसबुक पोष्ट हटाउन सत्ता गठबन्धनको धम्की, ढकाल भन्छन्– म त संयमित भएर बसे

little buddha academy
khasi

महेन्द्रनगर । डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका सागर ढकालले मौन अवधीमा फेशबुकमा एक पोष्ट गर्दै गठबन्धनले सकिने बेला दुःख दिने बताएका छन्। उनले आफूलाई गरेका पोष्ट डिलिट गर्न पनि अनेक धम्की आएको बताएका छन् ।

dirghayi clinic

उनले केही समय अगाडि फेशबुकमा पोष्ट गर्दै लेखेका छन्, ‘मलाई पोस्ट डिलिट गर्नुस भनेर अनेक धम्कि दिँदा संयमित भएर बसे । तर आज म चुप लागे भनेर यसबाट पनि अघि बढेर उहाँहरु हाम्रो टिम र समर्थकहरुमाथी रातारात मिटिंग गरेर तिमिहरुलाई हामी चाहिन्छ कि सागर भनेर दबाब सिर्जना गर्ने, समर्थकको पोस्ट डिलिट गर भन्ने गरि धम्कि दिने काम हाम्रो प्रतिस्प्रधीबाट आएको छ ।’

उनले अगाडि लेखेका छन् ।, ‘सबैले निर्वाचनको अन्तिम समयमा धाँधली नगरी संयमित भइदिनुहुन अनुरोध गदछौँ। हामीले पैसाको घाँटी पनि सक्ने गरि रोक्ने प्रयास गरिरहेका छौँ । बत्ती निभ्ने बेलामा धपक्क ठुलो गरि बोल्छ, त्यस्तै यो गठबन्धनले अन्तिम समयमा सिद्धिनु अघि अलि दुःख दिन सक्छ । साथिहरु सचेत रहनुहोला, निडर रहनुहोला। सबैलाई यो भोलिको निर्वाचन निष्पक्ष र मर्यादित बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

Himal dental
सम्बन्धित
Loading...