महेन्द्रनगर । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले आफूलाई पैसा बाँडेको भन्दै प्रचार गरी व्यक्तिगत चरित्र हत्या गरिएकोमा आपत्ति जनाउँदै कानुनी प्रक्रियामा जाने बताएका छन् । उनले फेसबुकबाट साइबर क्राइमा उजुरी हाल्ने बताएका छन् ।
मौन अवधिमा रानाले पैसा बाँडेको भन्दै सत्ता गठबन्धनका कार्यकर्ताले प्रहरीको जिम्मा लगाएर व्यक्तिगत मान प्रतिष्ठामा आघात पर्ने गरी प्रचार गरिएको भन्दै उनी आक्रोशित भएका छन् ।
सत्ता गठबन्धनका केही नेताको भनाईका आधारमा अध्यक्ष रानालाई पैसा बाँडेको भन्दै पक्राउ गरिएको समाचार बाहिर आएका छन् ।
स्थानीय तह निर्वाचनको मौन अवधिमा सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विना मगरले चुनावी प्रचार गरेपछि लालझाडीमा तनाव मच्चिएको थियो ।
लालझाडी गाउँपालिका १ मा उनी मौन अवधि उल्लङ्घन गरी प्रचारमा निस्किएपछि एमाले कार्यकर्ता विरोधमा उत्रिएका थिए । मगरले माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार निर्मल रानाका लागि मत मागेकी थिइन् ।
अहिले मगर आफैं चुनावी मैदानमा छन् । एमालेका तारालामा तामाङ्ग मगरका प्रतिस्पर्धी छन् ।