ghar sansar

शुक्लाफाँटामा काँग्रेस कार्यकर्ताद्वारा माओवादी केन्द्रका वडा कमिटीका अध्यक्षका श्रीमानलाई निर्घात कुटपिट

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा काँग्रेस कार्यकर्ताबाट माओवादी केन्द्रको वडा कमिटीका अध्यक्षका श्रीमान निर्घात रुपमा कुटिएका छन् । शुक्लाफाँटा नगरपालिका ३ जोनापुरमा दिलिप साउँदलाई कुटपिट गरिएको हो ।

,orning glory badhai
dirghayi clinic

कुटपिट गरिएका साउँद माओवादी केन्द्रका वडा कमिटीका अध्यक्ष रेशम चौधरी साउँदका श्रीमान हुन् । साउँदका आफन्तले काँग्रेस कार्यकर्ता कुमार बिष्ट (दिलिप) र विनोद बिष्ट लगायतले निर्घात कुटपिट गरेको बताएका छन् ।

काँग्रेस कार्यकर्ताको कुटपिटबाट साउँदको टाउकोमा चोट लागेको छ । उनको झलारीस्थित शुक्लाफाँटा पोलिक्लिनिक उपचार भई रहेको छ । स्थानीयका अनुसार केही समय अघि मात्रै उनीहरुमा कुटाकुट भएको हो ।

इलाका प्रहरी कार्यालयका झलारी प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिहले घट्नाबारे जानकारी नआएको बताए ।

Himal dental
सम्बन्धित
Loading...