शुक्लाफाँटामा माओवादीका जनमुक्ति सेना नै काँग्रेस कार्यकर्ताबाट कुटिए, कुटपिटबाट आँखामा चोट, दाँत भाँचिए
महेन्द्रनगर । काँग्रेस कार्यकर्ताको कुटपिवबाट घाइते माओवादी केन्द्रको शुक्लाफाँटा नगर कमिटी सदस्य दिलिप साउँद उपचारका लागि झलारीस्थित शुक्लाफाँटा पोलिक्लिनिकमा भर्ना गरिएका छन् ।
शुक्लाफाँटा नगरपालिका ३ जोनापुरमा काँग्रेस कार्यकर्ता कुमार बिष्ट (दिलिप) र विनोद बिष्ट उनलाई शनिबार साँझ कुटपिट गरेका छन् । कुटपिटबाट बेहोस उनलाई पोलिक्लिनिक भर्ना गरिएको छ । साउँदको दाहिने आँखामा गम्भीर चोट लागेको छ । उनका दाँत भाँचिएका छन् । दाँतमा ११ टाँका लगाइएका छन् ।
काँग्रेस कार्यकर्ता विष्ट दाजु भाईले उनीहरुको पसलमा विना कारण आफूलाई कुटपिट गरिएको साउँदले बताए । ‘मैलै मूल्य सोधेपछि एकाएक हानियो, कि रहेछ’ केही थाह भएन’ उनले भने ।
माओवादीको जनमुक्ति सेनाका साउँदकी धर्मपत्नि केशर चौधरी साउँद माओवादी केन्द्रको वडा कमिटी अध्यक्ष छन् ।
साउँदलाई कुटपिटमा प्रहरीलाई जानकारी दिइएको छ । इलाका प्रहरी कार्यालयका झलारी प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिहले घट्नाबारे जानकारी नआएको बताए ।