![ghar sansar](https://ebikalpadainik.com/wp-content/uploads/2024/09/ghar-sansar-1.png)
पुनर्वासमा पैसा बाँड्दै गरेका सत्ता गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक नै स्थानीयको नियन्त्रणमा, जिम्मा लगाउन सुरक्षाकर्मीलाई बोलाइयो
महेन्द्रनगर । पुनर्वास नगरपालिका वडा नम्बर १ महेन्द्रबस्तीबाट नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लोकेन्द्र लम्साललाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।
![daimond public](https://ebikalpadainik.com/wp-content/uploads/2025/01/hira-chand.jpg)
स्थिर समयमा मतदातालाई प्रभावित पार्न नगद रुपैयाँ वितरण गरिरहेको अवस्थामा शनिबार राति १० बजेतिर नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको स्थानीयले जनाएका छन् ।
![lotus institite](https://ebikalpadainik.com/wp-content/uploads/2024/10/lotus-instiute.jpg)
त्यहाँ भर्खरै सुरक्षाकर्मी पुगेका छन् । भिडियोमा भे१च ३९५८ नम्बरको जीप पनि देखिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
![Himal dental](https://ebikalpadainik.com/wp-content/uploads/2024/11/himal-dental.png)