ghar sansar

एमालेका प्रदेश सभा सदस्यका उम्मेदवार सिहले गरे उदय माविमा मतदान

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ क का प्रदेश सभा सदस्यका एमाले उम्मेदवार बचन बहादुर सिंहले कृष्णपुर नगरपालिका–२ बंकस्थित उदय माध्यमिक विद्यालयबाट पहिलो मतदान गरेका छन्।

dirghayi clinic

युवा संघ नेपालका निवर्तमान अध्यक्षसमेत रहेका सिंहसँग प्रतिस्पर्धा गरिरहेका सत्ता गठबन्धन (माओवादी) का उम्मेदवार ओमविक्रम भाट (सरल) ले भने आफ्नो मत आफैँलाई दिन पाएनन् ।

,orning glory badhai

भाट प्रदेशसभा (१) बाट चुनाव लडेपनि उनको घर प्रदेशसभा (२) अन्तर्गतको बेदकोट नगरपालिका–१० मा पर्छ। त्यहीँ मतदाता नामावली भएकाले उनले आफैँलाई मत हाल्न नपाएका हुन् । कञ्चनपुरमा आइतवार बिहान ७ बजेबाट प्रतिनिधिसभा र प्रदेशसभाको मतदान कार्य सुरु भएको छ।

चुनाव बहिष्कार अभियान सञ्चालन गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केही स्थानमा बम राखेपनि ती समयमै निष्कृय पारिएपछि बिहानैबाट भयरहीत ढंगले मतदान कार्य भइरहेको प्रहरीले जनाएको छ।

Himal dental
सम्बन्धित
Loading...