ghar sansar

कञ्चनपुर १ मा ९९ हजार मतदाताले गर्दै छन् तामाङ्ग र मगरको भाग्य फैसला

महेन्द्रनगर । सत्ता गठबन्धनका चुनावी कमाण्डर स्थानीयले नियन्त्रणमा लिएपछि सबैको ध्यान खिचेको निर्वाचन क्षेत्र नं. १ मा विहानदेखि मतदान गर्न थालिएको छ । शनिबार राति गठबन्धनका चुनावी कमाण्डर लोकेन्द्र लम्साललाई मतदातालाई पैसा बाँडेको भन्दै स्थानीयले नियन्त्रणमा लिएपछि असहज हुने अनुमान गरिएको थियो ।

अहिलेसम्म निर्वाचन क्षेत्रका सबै बुथमा शान्त्पिूर्ण मतदान भएको छ । यस क्षेत्रमा एमालेका तारालामा तामाङ्ग र सत्ता गठबन्धनका विना मगर चुनावी प्रतिस्पर्धामा छन् । ९९ हजार १ सय १० मतदाताले उनी दुबैको भाग्यको पैmसला आज गर्न लागेका छन् ।

ratnam malkhad

मगर अघिल्लो वर्ष निर्वाचित भएपछि केही गर्न नसकेको भन्दै मतदाताको आलोचनामा परेकी छन् । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहालकी बुहारी हुन् ।

यस क्षेत्रमा ५२ वटा मतदान स्थलमा १ सय १९ मतदान केन्द्र छन् । भारतीय सीमावर्ती क्षेत्रसित जोडिएका अधिकाँश मतदान केन्द्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा ४३ मतदान स्थलमा ११८ मतदान केन्द्रहरूबाट मतदान कार्यक्रम जारी छ । उक्त क्षेत्रमा एक लाख ५ हजार ५ सय ७७ मतदाता छन् । त्यस्तै, कञ्चनपुर क्षेत्र नम्बर ३ मा ९७ हजार ८ सय २२ कुल मतदाता छन् भने उक्त क्षेत्रमा ३७ मतदान स्थलमा १०९ मतदान केन्द्र निर्धारण गरी मतदान कार्य भइरहेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सीमा नाका समेत बन्द गरिएको छ । कञ्चनपुरको दक्षिणी र पश्चिमी सीमा भारतसँग जोडिएको छ ।

नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना निर्वाचनको सुरक्षार्थ परिचालन भएका छन् । निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सबै संयन्त्र परिचालन गरिएको छ ।

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरका कुल ३ लाख २ हजार ५ सय ९ मतदाता मतदान गर्न योग्य छन् । प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लामा १ सय ३२ मतदान स्थल र ३ सय ४६ मतदान केन्द्र तोकिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...