ghar sansar

मतदान प्रभावित पार्न कञ्चनपुरका तीन स्थानमा राखिएका बम निष्क्रिय, विहानदेखि अहिलेसम्म मतदान शान्तिपूर्ण

little buddha academy
khasi

महेन्द्रनगर । मतदान प्रभावित पार्न मतदान स्थल नजिक राखिएका बम निष्क्रिय पारिएका छन् । भीमदत्त नगरपालिका–६ र पुनर्वास नगरपालिका–१ र २ मा राखिएका तीन वटा बमहरु सेनाको डिष्पोजल टोलीले निष्कृय पारेको हो ।

शनिबार राति पुनर्वास नगरपालिका–१ स्थित सन्तोष आयल स्टोर नजिक र सोही नगरपालिका–२ को अरनिको वस्तिमा फेला परेका बम जस्ता शंकास्पद वस्तु सेनाको टोलीले निष्कृय पारेको प्रहरीले जनाएको छ ।

,orning glory badhai

‘राति शंकास्पद वस्तु फेला परेको खबर आयो,’ इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेश मल्लले भने, ‘सेनाको टोलीले आइतबार बिहान करिब ३ बजे ती वस्तुहरु डिष्पोज गरेको छ।’

dirghayi clinic

ती शंकास्पद वस्तु कसले राख्यो भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। भीमदत्त नगरपालिका–६ स्थित शान्ति निकेतन मतदान केन्द्र नजिक भेटिएको शंकास्पद वस्तु पनि सेनाको टोलीले आइतबार बिहान करिब ७ बजेतिर निष्कृय पारेको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले बम निष्कृय पारिएको बारेमा केही भन्न चाहेनन्। ‘त्यस्तो खासै केही घटना भएको छैन्,’ शान्तिपूर्ण ढंगले जिल्लाभर मतदान कार्य भइरहेको छ,’ उनले भने, ‘सामान्य घटनालाई हाइलाइट गर्नुको अर्थ छैन्।’

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिष्कारका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र त्यसैबाट टुक्रिएको नेकपा (बहुमतले) बिभिन्न गतिविधि गर्दै आएका छन् ।

सुरक्षा निकायले यस अघि निर्वाचन बहिस्कार समूहमाथि सुक्ष्म निगरानीका लागि सुरक्षाकर्मी परिचालन गरिएको तयारी सार्वजनिक गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...