ghar sansar

पूर्व मन्त्री मगरले गरिन् मतदान, प्रदेशमा अघिल्लो निर्वाचन सूर्य, यस पटक फेरिएर रुखमा मतदान

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र १ मा सत्ता गठबन्धनका उम्मेदवार विना मगरले मतदान गरेकी छन् । उनले पुनर्वास नगरपालिका ३ रामबस्ती स्थित गोरखा माध्यामिक विद्यालयमा मतदान गरेकी छन् ।

dirhayu

पूर्व खानेपानी मन्त्री मगरले अघिल्लो पटक यसै निर्वाचन क्षेत्रबाट एमालेलाई मत हालेकी थिइन् । यस पटक काँग्रेससित गठबन्धन भएपछि उनले प्रदेश सभा सदस्यमा रुखमा मत हालेकी छिन् ।

western public academy

अघिल्लो पटक सूर्यमा मत दिएर जिताएका एमालेका तारालामा तामाङ्ग प्रतिनिधि सभामा मगरका प्रतिस्पर्धी छन् । उनीहरु दुबै पुनर्वास नगरपालिका ३ का हुन् ।

मगर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् । उनी २०७० देखि कञ्चनपुर १ बाट चुनाव लड्दै आएकी छन् ।

Himal dental
सम्बन्धित
Loading...