ghar sansar

बेदकोटमा सत्ता गठबन्धनका मतदाता बोक्दै नगरपालिकाको गाडी, एमाले कार्यकर्ताले तस्बिर खिचेपछि मतदाता छाडेर फरार

महेन्द्रनगर । बेदकोट नगरपालिकामा मतदाता ओसारपसार गरि रहेको नगरपालिकाको गाडी मतदातालाई छाडेर भागेको छ । बेदकोट नगरपालिका ७ पशुपति आधारभूत विद्यालय वसन्ता मतदान केन्द्रमा मतदाता बोकि रहेको अवस्थामा एमाले कार्यकर्ताले फोटो खिचेपछि मतदाता छाडेर गाडी भागेको छ ।

उनीहरुले फोटो खिचेर गाडीलाई नियन्त्रणमा लिन खोजेपछि भागेको थियो । गाडी चालकलाई फोन गरे पनि उनी फोन रिसिभ नगरी बसेका छन् ।

एमाले कार्यकर्ताले तस्बिर खिचेर निर्वाचन आयोगलाई बुझाएका छन् । उनीहरुका अनुसार नगरपालिकाको गाडी विहानैदेखि मतदाता बोक्न प्रयोग गरिएको हो ।

मतदाता बोक्न प्रयोग गरिएको गाडी बेदकोटका मेयर भोजराज बोहराले प्रयोग गर्दै आएका छन् । बेदकोटका उप मेयर तुलसी जोशी वडा नं. ७ का हुन् । यस वडामा काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष छन् ।

बेदकोट नगरपालिकाका प्रवक्ता चित्रदेब भट्टले यसबारे आफूलाई केही जानकारी नभएको बताए । ‘यो राम्रो पक्ष छैन, के रहेछ त्यो म बुझ्छु’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...