महेन्द्रनगर । भीमदत्त नगरपालिका–१८ मा शंकास्पद वस्तु फेला परेको छ। आइतबार दिउँसो भीमदत्त नगरपालिका–१८ कटानस्थित काँग्रेसका केन्द्रीय सदस्य तथा तत्कालीन महेन्द्रनगर नगरपालिकाका प्रमुख यज्ञराज जोशीको घरको पर्खालमा शंकास्पद वस्तु फेला परेको हो । उनी कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क बाट प्रदेश सभामा समानुपातिक उम्मेदवार छन् ।
नेपाली सेनाको टोलीले भर्खरै उक्त शंकास्पद वस्तु निस्कृय पारिएको छ। महेन्द्रनगर माध्यमिक विद्यालय मतदान कृेन्द्र नजिक रहेको जोशीको घरको पर्खालमा अज्ञात व्यक्तिले राखेको शंकास्पद वस्तु सेनाले निष्कृय पारेको हो ।