

महेन्नगर । बाजुरामा गोली चल्दा एकजनाको मृत्यु भएको छ । त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एकजनाको मृत्यु भएको हो ।

सोही ठाउँका सुरेन्द्र ऐडीको गोली लागेर मृत्यु भएको त्यहाँका वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरे। उनले भने, ‘सुरेन्द्र बितिसक्यो, अरू स्थानीय घाइते छन् । यहाँ अवस्था त्रासपूर्ण छ। कोलाहल र रुवाबासी चलेको छ। स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।’
यस्तै उनका अनुसार गोली चलेपछि तीन जना स्थानीय घाइते भएका छन्। घाइतेहरूको पहिचान हुन सकेको छैन । घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ। मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो ।

