बैतडीमा मतपेटिका पुगाएर फर्किएको प्रहरी सवार जीप दुर्घटना, चारको मृत्यु, नौ घाइते

Amity

महेन्द्रनगर । बैतडीमा प्रहरी सवार गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सोमबार बिहान पाटन नगरपालिका–४ थुममा प्रहरी चढेको से १ ज ८५४ नम्बरको जिप दुर्घटना भएको हो ।

मतपेटिका पु–याएर फर्कदै गरेको प्रहरी चढेको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

janjyoti campus

‘तीन जनाको घटनास्थलमै ज्यान गएको छ, घाइते अर्काको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको खबर आएको छ,’ उनले भने ।

मृतकको पहिचान भने खुल्न सकेको छैन। निर्वाचनमा खटिएका प्रहरी सवार गाडी सडकबाट दुई सय मिटर तल खसेको छ ।

जिपमा चालक सहित १३ जना सवार रहेका थिए। तीमध्ये ९ जना गम्भिर घाइते छन् । उनीहरुलाई उद्दार गरेर थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लैजाने तयारी भइरहेको सीडीओ पन्थीले बताए ।

ghar sansar
सम्बन्धित
Loading...