ghar sansar

कञ्चनपुर ३ : अघिल्लो पटक दोधारा चाँदनी, यस पटक भीमदत्तबाट गणना

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा भीमदत्त नगरपालिकाबाट मत गणना सुरु गरिएको छ । भीमदत्त नगरपालिकाका वडा नं. १, २ र ३ बाट मत गणना सुरु गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालयमा दिउँसो १ बजेदेखि मत गणना थालिएको छ । त्यसका लागि मत पेटिकाबाट मतपत्र मिलाउने कार्य थालिएको छ ।

lotus institite
daimond public

अघिल्लो निर्वाचनमा दोधारा चाँदनी नगरपालिकाबाट मत गणना सुरु गरिएको थियो । कञ्चनपुर ३ मा भीमदत्त, दोधारा चाँदनी नगरपालिका र बेदकोट नगरपालिकाको वडा नं. ८ गरी ३० वडा छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयमा आइतबार राति बसेको सर्बदलीय बैठकले विहान ९ बजेदेखि मत गणना गर्ने निर्णय गरेको थियो ।

कञ्चनपुर ३ मा ५९ हजार ४९ मत खसेका छन् ।

Himal dental
सम्बन्धित
Loading...