
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा सत्ता एमाले उम्मेदवार तारालामा तामाङ्गले अग्रता लिएका छन् । उनले सत्ता गठबन्धनकी उम्मेदवार विना मगरलाई दोब्बर मतले पछि पारेका छन् ।
दुई सय मत गणना हुँदा एमाले उम्मेदवार तारा लामा तामाङले १ सय २० प्राप्त गरेका छन्। मगरले ६० मत ल्याएकी छन्। आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यको मत गणना सोमबार ४ बजेबाट सुरु भएको थियो।

कञ्चनपुर क्षेत्र १ मा ९९ हजार १ सय १० मतदाता रहेकोमा ६४ हजार २ सय ३९ मत खसेको थियो ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा (१) को मतगणना पुनर्वास नगरपालिका–१ बाट सुरु भएको छ। प्रदेशसभा (२) को मतगणना बेलडाँडी गाउँपालिका–१ बाट सुरु गरिएको छ ।
