

महेन्द्रनगर । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र तीन सीटमा पछाडि परेको छ । कञ्चनपुर १, कैलाली ३ र बैतडीमा माओवादी केन्द्रका उम्मेदवार सुरुवाती अग्रतामा पछि परेका छन् ।
कैलाली ३ मा नागरिक उन्मुक्ति र अन्य दुई सीटमा एमाले भन्दा पछाडि परेका छन् । कञ्चनपुर १ मा एमालेका तारा लामा तामाङले १ सय २० प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवार विना मगर दोब्बर मतले पछाडि छन् । उनले ६० मत ल्याएकी छन् ।
यस क्षेत्रमा ६४ हजार २ सय ३९ मत खसेका छन् । अहिले पुनर्वास नगरपालिका–१ बाट गणना सुरु भएको छ । पुनर्वास तामाङ्ग र मगर दुबैको गृह नगर हो ।

बैतडीमा एमालेका दामोदर भण्डारीले अग्रता लिएका छन् । उनले माओवादी केन्द्रका विजय सुन्दरलाई पछ्याएका छन् ।
प्रदेश सभा (क) मा कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा रहेको जानकारी प्राप्त भएको छ ।
प्रदेश सभा (ख)मा भने एमालेका उम्मेदवार लिलाधर भट्टले अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका शिवराज भट्टले पछ्याइरहेका छन् ।
यसैगरी कैलाली ३ मा १८१० गन्दा नागरिक उन्मुक्तिका गङ्गा चौधरीले ६०१ मत पाएका छन् । उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका माओवादी केन्द्रका कृष्ण चौधरीले ४५० मत ल्याएका छन् ।
राप्रपाका वीरेन्द्र बमले ४०१ र एमालेका उम्मेदवार गौरीशंकर चौधरी चौथो छन् । उनले २५० मत पाएका छन्।

