
कञ्चनपुर ३ : भीमदत्तका तीन वडाको गणना सकिँदासम्म लेखकको अग्रता कायमै, स्थानीय तह निर्वाचनमा पाएको भन्दा सत्ता गठबन्धनले पायो कम मत
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा भीमदत्त नगरपालिकाका तीन वडामा मत गणना सकिएपछि सत्ता गठबन्धनका काँग्रेस उम्मेदवार रमेश लेखकले अग्रता कायम राखेका छन् । उनले एमालेका निरुदेवी पाललाई ११९७ मत अन्तरले पछि पारेका छन् ।
लेखकले ३११७ र पालले १९२० मत पाएका छन् । भीमदत्त नगरपालिकाका वडा नं. १, २ र ३ नम्बर वडामा मत गणना सकिएको छ ।
स्थानीय तह निर्वाचनमा यी तीन वडामा सत्ता गठबन्धनका काँग्रेस र माओवादीले ३९३४ मत पाएकोमा यस पटक पटक ८१७ कम मत पाएका छन् । एमाले राप्रपाले स्थानीय तह निर्वाचनमा पाएको १७७४ मतमा बढाएर १९२० मत पाएका छन् ।
स्थानीय तह निर्वाचनमा भीनपा १ र २ मा एमाले तेस्रो र ३ मा चौथो भएको थियो । अघिल्लो निर्वाचनमा पनि एमाले यिनै वडामा एमालेको सबैभन्दा कमजोर नतिजा आएको थियो ।
