कञ्चनपुर ३ मा सत्ता गठबन्धनलाई स्थानीय तहमा पाएको मत नआउने संकेत, एमालेलाई स्थानीयको भन्दा बढेर आउन थाल्यो मत

Amity

महेन्द्रनगर । कञ्चनपुर ३ मा भीमदत्त नगरपालिकाका तीन वडाको मत गणना परिणामले सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा पाएको मत नपाउने संकेत देखिएको छ । भीमदत्त नगरपालिका वडा नं १, २ र ३ मा सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा पाएको मत भन्दा ८१७ मत कम पाएको छ ।

एमालेले भने स्थानीय तह निर्वाचनमा पाएको मतमा दुई सय हारहारी बढाएर पाएको छ । सत्ता गठबन्धनका काँग्रेस उम्मेदवार रमेश लेखकले अग्रता कायम राखेका छन् । उनले एमालेका निरुदेवी पाललाई ११९७ मत अन्तरले पछि पारेका छन् ।

janjyoti campus

लेखकले ३११७ र पालले १९२० मत पाएका छन् । भीमदत्त नगरपालिकाका वडा नं. १, २ र ३ नम्बर वडामा मत गणना सकिएको छ ।

स्थानीय तह निर्वाचनमा यी तीन वडामा सत्ता गठबन्धनका काँग्रेस र माओवादीले ३९३४ मत पाएकोमा यस पटक पटक ८१७ कम मत पाएका छन् । एमाले राप्रपाले स्थानीय तह निर्वाचनमा पाएको १७७४ मतमा बढाएर १९२० मत पाएका छन् । 

स्थानीय तह निर्वाचनमा भीनपा १ र २ मा एमाले तेस्रो र ३ मा चौथो भएको थियो । यी तिनै वडामा काँग्रेस निर्वाचित भएको थियो ।

अघिल्लो निर्वाचनमा पनि एमाले यिनै वडामा एमालेको सबैभन्दा कमजोर नतिजा आएको थियो ।

ghar sansar
सम्बन्धित
Loading...