ghar sansar

बैतडीमा प्रतिनिधि सभा र प्रदेशका तीन क्षेत्रमा एमालेको अग्रता

महेन्द्रनगर । बैतडीमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका दामोदर भण्डारीले अग्रता कायमै राखेका छन् । १ हजार ६ सय ५४ मत गणना हुँदा भण्डारीले ८ सय ८८ मत पाउँदा ५ सय ६५ मतसहित नेकपा माओवादी केन्द्रका नरेन्द्र बहादुर कुवँर पछ्याइरहेका छन् ।

यहाँ नेपाली कांग्रेसले माओवादीलाई साथ दिएको छ । प्रदेशसभामा पनि एमाले उम्मेदवारकै अग्रता छ । प्रदेशसभा (१)मा १ हजार ९ सय ७९ मतगणना हुँदा एमालेका सुरेन्द्र पालले ६ सय ५३ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ६ सय २३ मत पाएका छन् ।

mantra hos123

प्रदेशसभा (२)मा एमालेका लिललाधर भट्टले ६ सय ९ मत पाउँदा प्रतिस्पर्धी कांग्रेसका शिवराज भट्टले ३ सय ९९ मत मात्रै पाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...