
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा सत्ता गठबन्धनका कांग्रेसका उम्मेदवार एनपी साउदले सुरुवाती अग्रता लिएका छन् ।
यहाँ ३ हजार २ सय मतगणना हुँदा साउँदले १ हजार ३ सय २७ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले १ हजार २ सय ९ मत ल्याएका छन् ।
प्रतिनिधिसभातर्फ कृष्णपुर नगरपालिका–१ बाट मतगणना सुरु भएको थियो । वडा नं १ को मत गणना सम्पन्न हुँदा साउद १ सय १८ मतले अअगाडि छन् ।
