ghar sansar

कञ्चनपुरमा प्रतिनिधि सभाका तीन सीटमा दुई काँग्रेस र एकमा एमालेको अग्रता

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुरका ३ प्रतिनिधि सभा क्षेत्रमा दुईमा कांग्रेस उम्मेदवार र एकमा एमाले उम्मेदवारले अग्रता लिएका छन् । निर्वाचन क्षेत्र नं. १ मा एमालेले सुरुवातदेखि अग्रता कायम राखेको छ ।

यहाँ एमालेका उम्मेदवार तारा लामा तामाङले २ हजार २ सय ७४ मत पाउँदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकि उम्मेदवार बीना मगरले १ हजार १ सय ८४ मत पाएकी छन् ।

ratnam malkhad

क्षेत्र नं. २ मा कांग्रेसका एनपी साउँद झिनो मतान्तरले अगाडी छन् । उनले २ हजार ८ सय ५० मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका नरबहादुर धामीले २ हजार ८ सय १२ मत ल्याएका छन्।

यस्तै क्षेत्र नं. ३ मा कांग्रेसका उम्मेदवार रमेश लेखकले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मत परिणाम अनुसार लेखकले ७ हजार ६ सय १६ मत पाउँदा प्रतिस्पर्धी निरुदेवी पालले ४ हजार १ सय ६३ मत पाएकी छन् ।

कञ्चनपुर क्षेत्र नं. १प्रदेशसभा (१) मा एमालेका उम्मेदवार बिरबहादुर थापा अगाडि छन्। उनले १ हजार ८ सय ३७ मत पाएका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु राना १ हजार २ सय ४७ मतसहित थापालाई पछ्याइरहेका छन् ।

प्रदेशसभा (२) मा कांग्रेसका उम्मेदवार दिवानसिंह विष्ट अघि छन् । उनले १ हजार ५ सय ७९ मत पाउँदा प्रतिस्पर्धी एमालेका पल्लबराज भट्टले १ हजार ३ सय ४० मत पाएका छन् ।

यसैगरी, कञ्चनपुर क्षेत्र नं. २ प्रदेशसभा (१) मा एमालेका उम्मेदवार बचन बहादुर सिंहले मतान्तर बढाउँदै लगेका छन्। उनले २ हजार ९ सय ९४ मत पाउँदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका ओमबिक्रम भाटले २ हजार ३ सय ९ मत मात्रै पाएका छन्।

प्रदेशसभा (२) मा कांग्रेसका उम्मेदवार बहादुर सिंह थापा झिनो मतान्तरले अघि छन् । उनले ६ सय ९ मत पाएका छन्। एमालेका उम्मेदवार कृपाराम रानाले ५ सय ५१ मत पाउँदा नेकपा एकीकृत समाजवादीका लाल बहादुर खड्काले २ सय ७३ मत मात्रै पाएका छन्

त्यस्तै क्षेत्र नं. ३ प्रदेशसभा (१)मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश रावल अगाडि छन्। उनले १ हजार ५२ मत पाएका छन्। प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका टिकेन्द्र भट्ट ९ सय ९४ मत पाउँदा राप्रपाका धर्मराज जोशीले ७ सय ८ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार पिताम्बर जोशीले २ सय ५४ मत ल्याएका छन्।

यसैगरी, प्रदेशसभा (२)मा कांग्रेसका उम्मेदवार बेलबहादुर राना अगाडि छन्। उनले २ हजार ५ सय २६ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र विष्टले १ हजार ६ सय ३२ मत मात्रै पाएका छन्। यहाँ स्वतन्त्र उम्मेदवार भीमबहादुर कुमालले ३ सय ६२ मत पाएका छन्।

Himal dental
सम्बन्धित
Loading...