महेन्द्रनगर । बैतडीमा प्रतिनिधि सभा तर्फको जारी मतगणना गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले अग्रता लिएका छन् ।
मतगणनाको शुरुदेखि नै अग्रता लिइरहेका एमालेका उम्मेदवार दामोदर भण्डारीलाई पछि पार्दै कुँवरले अग्रता लिएका हुन् । ३१ हजार ४७४ मत गणना हुँदा माओवादी केन्द्रका कुँवरले १३ हजार ७३२ मत प्राप्त गरेका छन् । एमालेका भण्डारीले १३ हजार ४२ मत प्राप्त गरेका छन् ।
पछिल्लो परिणाम अनुसार माओवादी केन्द्रका कुँवर ६९० मत अघि देखिएका छन् । प्रतिनिधि सभा अन्तर्गत अहिले पुर्चौंडी नगरपालिकाको मत गणना भइरहेको छ । पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका,मेलौली नगरपालिका र डिलाशैनी गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ ।