ghar sansar

डडेल्धुरामा खगराज भट्ट निर्वाचित, होलान त मुख्यमन्त्री ?

dirghayu ad

महेन्द्रनगर । डडेल्धुरा प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन् । उनले १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन् ।

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्यसमेत रहेका भट्टले नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९ सय १७ मतले पराजित गरे। उनका निकटतम् प्रतिद्वन्द्वी बोहराले ९ हजार १९५ मत पाए ।

ratnam malkhad

यस्तै, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले १ हजार ७ सय ५४, राप्रपाका पदमराज जोशीले ७६२ र धनबहादुर बोहराले २०२ मत पाएका छन्। २५ हजार ३६१ मत खसेकोमा १ हजार ३३६ मत बदर भयो ।

०७४ सालको निर्वाचनमा बोहरा यहाँ निर्वाचित भएका थिए । वाम गठबन्धनका तत्कालीन उम्मेदवार बोहराले नेपाली कांग्रेसका उम्मेदवार रघुवर भट्टलाई २ हजार १६९ मतले पछि पार्दै विजयी भएका थिए । बोहराले १३ हजार ५६३ मत ल्याउँदा भट्टले ११ हजार ३९४ मत पाएका थिए ।

खगराज प्रदेशसभा–१ मा विजयी भएसँगै मुख्यमन्त्रीका लागि बाटो खुलेको छ। खगराज अब सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने घोषणा गरिसकेका छन् । २० कात्तिकमा गृहजिल्ला डडेल्धुराको परशुराममा आयोजित चुनावीसभामा देउवाले जिताएर पठाए भट्ट नै मुख्यमन्त्री बन्ने दाबी गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...