महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीका प्रकाश रावल निर्वाचित भएका छन् । उनी आठ हजार ७१८ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । रावल सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री पनि हुन् ।
यहाँ उनका प्रतिस्पर्धी राप्रपाका धर्मराज जोशीले ६ हजार ८५८ मत ल्याए भने नेकपा माओवादीका टिकेन्द्रप्रसाद भट्टले चार हजार ६८६ मत पाएका छन् ।
२०७४ सालमा यहीँ क्षेत्रमा नेकपा एमालेबाट निर्वाचित भएका रावल पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेका थिए ।