महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र १(क)मा एमालेका बीर बहादुर थापा(पातल) निर्वाचित भएका छन । उनले सत्ता गठबन्धनका उम्मेदवार काँग्रेसका बन्धु रानालाई १ हजार ३५३ मतको अन्तरले हराएका छन् । थापाले १२ हजार ४५९ र रानाले ११ हजार ६ मत ल्याएका छन् ।
नागरिक उन्मुक्ति पार्टी पाटीका पल्टु रानाले २ हजार ६०, राप्रपाका खेमराज लामिछाने १ हजार ९३१, एमालेकै बागी भक्त बहादुर अधिकारीले २ हजार ४९९, नेकपा माओवादी समाजवादीका जगेश्वर बुढाक्षेत्रीले २ सय ३४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मजुरलाल रानाले १७०, नेपाल मजदुर किसान पाटीका भागरथी देवी रावलले ७६ मत पाए ।
अहिलेका नागरिक उन्मुक्ति पाटीका उम्मेदवार पल्टु रानाले यस अघिको निर्वाचनमा ६९०मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा ४९ हजार ६५२ मतदाता मध्ये ३१ हजार ८९७ मत खसेका थिए । ३० हजार ३३५ मत सदर भएका थिए ।
गत बर्ष सम्पन्न पार्टीको ९ औँ जिल्ला अधिवेशनमा पराजित भएका एमाले नेता थापा ०७४ मा माओवादी केन्द्रबाट पुनर्वास नगरमा मेयरमा चुनाव लडेका थिए ।