ghar sansar

कैलाली–१ मा नागरिक उन्मुक्तिको क्लिन स्विप

महेन्द्रनगर । कैलाली निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन् ।

उनले ३० हजार ४०४ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्धन्दी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन्। यस्तै नेकपा एमालेका तपेन्द्र रावल भने ५ हजार ९१० मतमै सीमित रहे ।

ratnam malkhad

यहाँ १ लाख ६७ हजार ७०३ मतदाता रहेकोमा ६४ हजार ९९९ मत खसेको थियो। खसेको मतमा ३ हजार २६८ मत बदर भएका छन् । यस्तै, यो क्षेत्रको प्रदेशसभा १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा १ मा कैलाश चौधरी विजयी भएका हुन् भने प्रदेशसभा २ लक्ष्मण किशोर चौधरी विजयी भएका छन् ।

प्रदेशसभा १ मा विजयी चौधरीले १५ हजार १ सय एक मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार तीन सय ७७ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा २ मा विजयी भएका लक्ष्मण चौधरीले ११ हजार ३१७ मत प्राप्त गरेका छन्। उनले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा रण बहादुर रावललाई ३ हजार २६४ मतान्तरले पराजित गरेका हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका रावल गठबन्धनका तर्फबाट उम्मेदवार थिए। निकटतम प्रतिस्पर्धी रावलले ८ हजार ५३ मत प्राप्त गरे ।

Himal dental
सम्बन्धित
Loading...