महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र ३(ख)मा नेपाली काँग्रेसका नेता बेल बहादुर राना निर्वाचित भएका छन । सत्ता गठबन्धनका उम्मेदवार रानाले एमालेका सुरेन्द्र विष्टलाई ४ हजार ७१३ मतको अन्तरले हराएका छन् ।
काँग्रेस महाधिवेशन सदस्य राना दोस्रो पटकको प्रयासमा निर्वाचित भएका छन् । प्रदेश सभा ख बाट नेपाल मजदुर किसान पाटीका तर्फबाट लक्ष्मया रोयाकाले १७१, नेपाली काँग्रेस विपीबाट ४ सय ४३ र स्वतन्त्र भीम बहादुर कुमालले १ हजार ६ सय २० मत ल्याएका छन् ।
यस अघि ०७४ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा काँग्रेस नेता बेल बहादुर राना पराजित भएका थिए ।