
महेन्द्रनगर । बैतडीमा नेकपा (एमाले)का दामोदर भण्डारीले लगातार तेस्रो चोटी बिजय हासिल गरेका छन् । सत्तारुढ गठबन्धनका साँझा उम्मेदवार माओवादीका नरेन्द्र बहादुर कुवँरलाई १ हजार ५३१ मतले पराजित गर्दै भण्डारी बिजयी भएका हुन् । उनी एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष हुन् ।
भण्डारीले ३३ हजार ६११ मत प्राप्त गर्दा कुवँर ३२ हजार ८० मा सिमित रहे। बैतडीमा ५२.१९ प्रतिशत अर्थात ७७ हजार ४६० मत खसेको थियो । भण्डारीले २०७० को संविधान सभाको निर्वाचनमा कांग्रेसका लोकराज अवस्थी र २०७४ मा कांग्रेसकै नर बहादुर चन्दलाई पराजित गर्दै बिजयी भएका थिए ।

भण्डारी नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष हुन् भने कुवँर माओवादीका पोलिट ब्युरो सदस्य हुन् । बैतडी क मा एमालेका सुरेन्द्र पाल र ख मा कांग्रेसका शिवराज भट्टले जितेका छन् ।
